५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप आजबाट, नेपालले बलियो प्रतिद्वन्द्वी कुवेतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल आज बुधबारबाट सुरु हुँदैछ । नेपालले आज उद्घाटन खेलमै बलियो प्रतिद्वन्द्वी कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । खेल भारतको बैंगलोरस्थित श्री कान्तीरभा स्टेडियममा हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो टोली १४औं साफ च्याम्पियनसिपमा बलिया टोलीहरुविरुद्ध भिड्न तयार रहेको बताएका थिए ।

साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इटालियन प्रशिक्षक भिन्सेन्जोले साफका अन्य प्रशिक्षकहरुको तुलनामा आफू त्यति अनुभवी नभएपनि नेपाली खेलाडीहरु विपक्षी विरुद्ध उत्कृष्ट खेल पस्किन तयार रहेको प्रस्ट पारेका हुन् ।

समूह ए मा रहेको नेपालले २४ जुन आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र २७ जुनमा पाकिस्तानसँग खेल्नेछ ।

नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ ।