२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप आजबाट, नेपालले बलियो प्रतिद्वन्द्वी कुवेतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल आज बुधबारबाट सुरु हुँदैछ । नेपालले आज उद्घाटन खेलमै बलियो प्रतिद्वन्द्वी कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । खेल भारतको बैंगलोरस्थित श्री कान्तीरभा स्टेडियममा हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो टोली १४औं साफ च्याम्पियनसिपमा बलिया टोलीहरुविरुद्ध भिड्न तयार रहेको बताएका थिए ।

साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इटालियन प्रशिक्षक भिन्सेन्जोले साफका अन्य प्रशिक्षकहरुको तुलनामा आफू त्यति अनुभवी नभएपनि नेपाली खेलाडीहरु विपक्षी विरुद्ध उत्कृष्ट खेल पस्किन तयार रहेको प्रस्ट पारेका हुन् ।

समूह ए मा रहेको नेपालले २४ जुन आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र २७ जुनमा पाकिस्तानसँग खेल्नेछ ।

नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ ।