काठमाडौँ । कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कोन)ले राजधानीमा मंगलबार जगन्नाथ रथयात्रा निकालेको छ ।
इस्कोनले बूढानीलकण्ठस्थित राधाकृष्ण मन्दिरबाट जगन्नाथ, बलदेव, शुभद्राको मूर्तिलाई बाजागाजासहित लैनचौरमा ल्याएको छ । त्यहाँ सिंगारिएको रथमा विराजमान गराएर श्रद्धालुहरूसहित भएर ती मूर्तिलाई नगर परिक्रमा गराइएको हो ।
विष्णुका पूर्ण कला रूप श्रीकृष्णलाई संस्कृतमा जगन्नाथ नामले पनि पुकार्ने गरिन्छ । जगन्नाथ भारतको चार धाममध्ये पवित्र तीर्थस्थलसमेत हो । बद्रीनाथ उत्तर खण्डको हिमालय, रामेश्वरम दक्षिणको तमिलनाडु प्रान्त, द्वारिका पश्चिम प्रान्त गुजरात, जगन्नाथ पुरी पूर्वप्रान्त उडिसामा अवस्थित छ ।
यात्रामा श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादको प्रतिमालाई बग्गीमा राखेर नगर परिक्रमा गराइएको छ ।