१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनबाटै कम्पनी खारेजीको प्रक्रिया अघि बढाइँदै



अ+ अ-
काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयले नयाँ कम्पनी दर्ता र खारेजी निःशुल्क गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वनयका लागि प्रक्रिया अघि बढाएको हो ।

कार्यालयका रजिष्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता र खारेजको कार्यान्वयनका लागि कम्पनीहरुले विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो ।

आगामी साउन १ गतेदेखि नयाँ कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा शुल्क नलाग्ने हुँदा ग्राहकलाई सहुलियत हुने उहाँको भनाइ छ । कम्पनी दर्ता र पुँजीवृद्धि निःशुल्क गर्दा वार्षिक २२ करोड रुपैयाँ बराबरको राजस्व भने कमी हुने उहाँले बताउनुभयो ।
‘कम्पनी दर्ता खारेज गर्न नयाँ सफ्टपवेयर बनाएर केही फिचर थपिएको छ’, उहाँले भन्नुभयो, ‘डिजिटल हस्ताक्षर गर्ने वा हुलाकमाध्यमबाट जाने भन्ने विषयमा छलफल भइरहेको छ ।’
नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ । यसअघि ९० प्रतिशत काम अनलाइनबाट हुँदै आएकोमा साउनदेखि पूर्णरुपमा अनलाइनबाट काम हुने बरालले जानकारी दिनुभयो ।
‘सरकारले बजेटमार्फत घोषणा गरेको कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘कम्पनीहरुको आफ्नो विवरण अद्यावधिक गरे हामी कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने कार्यको थालनी गर्न सक्छौँ ।’
कम्पनीहरुले आफ्नो विवरण पेश गरेपछि कम्पनी दर्ता, खारेजी सेयर लगतलगायतका कम्पनी विवरण आवश्यक कागजपत्र कम्पनीहरुको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनुपर्ने बाध्यता हट्ने कार्यालयले जनाएको छ । कार्यालयले दर्ता भइसकेको कम्पनीको विवरण अनलाइन प्रक्रियाामार्फत अद्यावधिक गर्न सूचना जारी गरेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लगत, सेयर सदस्य र विवरण कम्पनीको इमेल, सम्पर्क नम्बरलगायत विवरण पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।