२६ श्रावण २०८३, मंगलवार
,
Latest
प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन: अध्यक्ष वैद्य यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका ५ निर्णयहरू सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनबाटै कम्पनी खारेजीको प्रक्रिया अघि बढाइँदै



अ+ अ-
काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयले नयाँ कम्पनी दर्ता र खारेजी निःशुल्क गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वनयका लागि प्रक्रिया अघि बढाएको हो ।

कार्यालयका रजिष्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता र खारेजको कार्यान्वयनका लागि कम्पनीहरुले विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो ।

आगामी साउन १ गतेदेखि नयाँ कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा शुल्क नलाग्ने हुँदा ग्राहकलाई सहुलियत हुने उहाँको भनाइ छ । कम्पनी दर्ता र पुँजीवृद्धि निःशुल्क गर्दा वार्षिक २२ करोड रुपैयाँ बराबरको राजस्व भने कमी हुने उहाँले बताउनुभयो ।
‘कम्पनी दर्ता खारेज गर्न नयाँ सफ्टपवेयर बनाएर केही फिचर थपिएको छ’, उहाँले भन्नुभयो, ‘डिजिटल हस्ताक्षर गर्ने वा हुलाकमाध्यमबाट जाने भन्ने विषयमा छलफल भइरहेको छ ।’
नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ । यसअघि ९० प्रतिशत काम अनलाइनबाट हुँदै आएकोमा साउनदेखि पूर्णरुपमा अनलाइनबाट काम हुने बरालले जानकारी दिनुभयो ।
‘सरकारले बजेटमार्फत घोषणा गरेको कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘कम्पनीहरुको आफ्नो विवरण अद्यावधिक गरे हामी कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने कार्यको थालनी गर्न सक्छौँ ।’
कम्पनीहरुले आफ्नो विवरण पेश गरेपछि कम्पनी दर्ता, खारेजी सेयर लगतलगायतका कम्पनी विवरण आवश्यक कागजपत्र कम्पनीहरुको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनुपर्ने बाध्यता हट्ने कार्यालयले जनाएको छ । कार्यालयले दर्ता भइसकेको कम्पनीको विवरण अनलाइन प्रक्रियाामार्फत अद्यावधिक गर्न सूचना जारी गरेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लगत, सेयर सदस्य र विवरण कम्पनीको इमेल, सम्पर्क नम्बरलगायत विवरण पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।