• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड: महासचिव चन्द



file photo

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो ।

उहाँले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताउनु भयो । उहाँले देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको बताउनु भयो । नेपाल अग्रगमन र पश्चगमनबीचको लडाँइमा उभिएको भन्दै उहाँले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गर्नुभयो । महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताउनु भयो । उहाँले देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन । कुनैपनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनैपनि स्थितिमा स्वीकार गर्न सकिँदैन । नेपालको स्वाधिनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडी ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल । यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो यो । यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ र यसरी प्रयोग भएको छैन । सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा भएका, संघर्ष गरिरहेका पार्टीहरु पनि यहाँ पनि छौँ । यो एउटा संयोग हो ।

नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ । ७ बुँदे घोषणापत्र लिएर तपाईहरुको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो । देशको नेतृत्व देशभक्त स्वाभिमानी नागरिकहरुले गर्ने हो । हामी सक्छौँ । तपाईहरुको विश्वासबाट । तपाईहरुको उत्साहबाट हामी साँच्चै नै तरंगित पनि छौँ । जिम्मेवारीबोध पनि भइरहेको छ ।’

महासचिव चन्दले देशमा नयाँ पुस्ताहरुलाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोशिस भएको बताउनु भयो । उहाँले युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोशिस भइरहेको भन्दै सचेत गराउनु भयो । उहाँले नेपालीहरु स्वाधिन बन्न चाहाने उल्लेख गर्दै कसैको गुलाम स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘म यहाँबाट अपील गर्न चाहन्छु, आउँदो भविष्य कुनैपनि मुल्यमा शासकहरुको हुन सक्दैन । कुनैपनि मूल्यमा प्रतिगामीहरुको हुन सक्दैन । कुनैपनि मूल्यमा विदेशी तत्वहरुको, साम्राज्यवादीहरुको हुन सक्दैन । नेपालको भविष्य नेपाली जनताको हो । नेपाली जनताले सुनिश्चित गर्नुपर्छ । त्यो विश्वास गर्न चाहन्छु । आज नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने, नेपालको स्वाधिनता समाप्त पार्ने, युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने, लुट्ने, एक्काइसौँ शताब्दीको गुलाम बनाउने हामी नेपालीलाई । हामी स्वाधिन बन्न चाहान्छौँ । हामीले भनेका छौँ हामी कुनैपनि देशमा हामीलाई कुनै चासो छैन ।’

‘तर यो देशमा हामी मान्छे भएर बाँच्न चाहन्छौँ । कसैको गुलाम हुन हामीलाई स्वीकार्य छैन । कुनैपनि देशको गुलामी बन्न हामीलाई स्वीकार्य छैन । त्यो आँट नेपालको युवा पुस्ताले एकचोटी गर्नु जरुरी छ । निराश भएर होइन । अग्रगमन सम्भव छ । हरेक उज्यालो अध्याँरोसँग लडेर मात्र सम्भव छ । हरेक सफलता जटिलताहरुसँग लडेर मात्रै सम्भव छ । हरेक सफलता असफलताहरु सँग भिडेर मात्र सम्भव छ । त्यसैले समाजवादी मोर्चा बनेको छ ।’

उहाँले आगामी दिनमा मोर्चाले देशलाई आशा जघाउने काम गर्ने बताउनु भयो । मोर्चाले शहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने बताउनु भयो । उहाँले मोर्चाले देशमा भएका राजनीतिक परिवर्तनहरुको रक्षा गर्ने बताउनु भयो ।