• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

संगीतकार पोखरेल र गायिका खरेललाई पुत्री लाभ



काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेललाई लाई पुत्री लाभ भएको छ । सोमबार टोखाको ग्रान्डी हस्पिटलमा बिहान ९ बजे गायिका खरेलले छोरीलाई जन्मदिएकी हन् ।

नबजात शिशुको पोष्ट सामाजिक सञ्जालमा पोष्ट गर्दै संगितकार पोखरेलले आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ । यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु भन्दै खुसी बाडेका छन् ।

उनिहरुले छोरीको नाम अदिरा राखेका छन् ।