२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभातलाई १ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको अनुमति



फाईल फोटो
अ+ अ-

पोखरा । जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बाग्लुङका प्रभात बस्याल धरौटीमा रिहा हुने भएका छन् । प्रभातलाई जिल्ला अदालत कास्कीले आइतबार १ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत म्याग्दीले प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको थियो ।

उनी जिल्ला अदालत कास्कीमा १ लाख र म्याग्दी अदालतमा साढे २ लाख धरौटी बुझाएपछि रिहा हुनेछन् ।

गत जेठ ७ गते म्याग्दीकी २२ वर्षीया युवतीले प्रभातविरुद्ध जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।