• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग

चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्वारा आकस्मिक प्रयोगका लागि मान्यता



एजेन्सी । चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरको हो । सो खोपलाई मान्यता दिनका लागि चीनले निकै लामो समयदेखि माग गरिरहेको थियो । सो खोपलाई मंगलबार विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले उक्त कम्पनीको चिनियाँ खोपलाई १८ वर्ष उमेरका र सो भन्दामाथिको उमेरका व्यक्तिलाई लगाउन पाइने गरी अनुमति पनि दिएको छ । सो खोप १८ वर्षभन्दा माथिका व्यक्ति र सोभन्दा माथिकालाई दिन मिल्ने र दुई डोज दिनुपर्ने गरी विश्व स्वास्थ्य संगठनले अनुमति दिएको बताइएको छ ।

साथै विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त खोप पहिलो पटक लगाउने र दोस्रो पटक लगाउने अवधि दुईदेखि चार हप्तासम्मको हुनुपर्ने पनि जनाएको छ । अठार वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिले यो चिनियाँ सिनोभ्याक लगाएका र उनीहरुमा त्यस्तो कुनै नराम्रो असर नदेखिएको पाइएको पनि सो विज्ञप्तिमा जनाइएको छ । (रासस/सिन्ह्वा)