२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो दिन ‘आदिपुरुष’को कमाईमा ४० प्रतिशत गिरावट



अ+ अ-

एजेन्सी । जुन १६ देखि प्रदर्शनमा आएको फिल्म ‘आदिपुरुष’ रिलिजदेखि नै विवादमा परेको छ । यसको असर बक्स अफिसमा पनि देखिएको छ ।

दोस्रो दिन फिल्मको विश्वव्यापी कलेक्सन १०० करोड र घरेलु कलेक्शन १७६ करोड रहेको छ । यसरी फिल्मले दुई दिनमा २४० करोड कमाएर २०० करोड क्लबमा प्रवेश गरेको छ ।

तर, पहिलो दिन फिल्मको विश्वव्यापी कलेक्सन १४० करोड थियो । यसरी दोस्रो दिन फिल्मको कलेक्शन ४० प्रतिशतले घटेको छ । यद्यपि, आफ्नो कमाईका साथ आदिपुरुषले ‘पठान’, ‘बाहुबली’ र ‘केजीएफ २’ जस्ता फिल्महरूलाई पछाडि छोडेको छ, जुन फिल्महरुलाई विश्वव्यापी २०० करोड क्लबमा पुग्न ३–७ दिन लागेको थियो ।

चलचित्रको अत्याधिक अग्रिम बुकिङका कारण चलचित्रको कमाईमा उछाल आएको ट्रेड विज्ञ तरण आर्दश बताउँछन् । ओम राउत निर्देशित यस फिल्ममा प्रभास, सैफ अली खान र कृति सेनन महत्वपूर्ण भूमिकामा छन् ।