२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो दिन ‘आदिपुरुष’को कमाईमा ४० प्रतिशत गिरावट



अ+ अ-

एजेन्सी । जुन १६ देखि प्रदर्शनमा आएको फिल्म ‘आदिपुरुष’ रिलिजदेखि नै विवादमा परेको छ । यसको असर बक्स अफिसमा पनि देखिएको छ ।

दोस्रो दिन फिल्मको विश्वव्यापी कलेक्सन १०० करोड र घरेलु कलेक्शन १७६ करोड रहेको छ । यसरी फिल्मले दुई दिनमा २४० करोड कमाएर २०० करोड क्लबमा प्रवेश गरेको छ ।

तर, पहिलो दिन फिल्मको विश्वव्यापी कलेक्सन १४० करोड थियो । यसरी दोस्रो दिन फिल्मको कलेक्शन ४० प्रतिशतले घटेको छ । यद्यपि, आफ्नो कमाईका साथ आदिपुरुषले ‘पठान’, ‘बाहुबली’ र ‘केजीएफ २’ जस्ता फिल्महरूलाई पछाडि छोडेको छ, जुन फिल्महरुलाई विश्वव्यापी २०० करोड क्लबमा पुग्न ३–७ दिन लागेको थियो ।

चलचित्रको अत्याधिक अग्रिम बुकिङका कारण चलचित्रको कमाईमा उछाल आएको ट्रेड विज्ञ तरण आर्दश बताउँछन् । ओम राउत निर्देशित यस फिल्ममा प्रभास, सैफ अली खान र कृति सेनन महत्वपूर्ण भूमिकामा छन् ।