२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेहुलालाई बेहुलीकी साथीहरुले भने यस्तो, बिहे छाडेर रुँदै भागे बेहुला



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । बिहेमा बेहुलीको बहिनी र साथीहरूले बेहुलासँग ठट्टा गर्छन् । कहिलेकाहीँ ठट्टामा रिसाएपछि बेहुलालाई रिस समेत उठ्छ । यसैबीच भारतको बिहारबाट एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

यो सम्पूर्ण मामिला बिहार राज्यको छपरा जिल्लाको मिर्जापुरसँग सम्बन्धित छ । बिहेका लागि आएका बेहुला मण्डपमा प्रवेश गर्नुअघि नै रोएर भागे । यहाँ पाटिला गाउँका केटाको विवाह मिर्जापुरकी केटीसँग तय भएको थियो ।

११ जुनमा केटा जन्ती लिए केटीको घर पुगेका थिए । केटी पक्षका परिवारले जन्तीलाई स्वागत गरेका थिए भने द्वार पूजापछि वरमाला पनि भयो । त्यसपछि केटालाई विवाह समारोह पूरा गर्न मण्डपमा बोलाइएको थियो । यसपछि मामिला बिग्रन थाल्यो ।

केटीका साथी र केही महिलाले बेहुलासँग ठट्टा गर्न थाले । यसपछि बेहुला रुन थाल्यो र घरबाट बाहिर निस्कियो । बेहुलाको यस्तो व्यवहार देखेर युवतीले बिहे गर्न अस्वीकार गरिन् । धेरै सम्झाएपछि पनि केटीले केटासँग बिहे गर्न अस्वीकार गरिन् । दुलहीको यस्तो निर्णयले परिवारका सबै सदस्य छक्क परेका थिए ।

युवतीले बिहे गर्न अस्वीकार गरेपछि निकै हंगामा भएको थियो । बेहुला पक्षका केही युवाहरूले होहल्ला मच्चाउन थाले । त्यसपछि केटीका आफन्तले बारातीसहित दुलहा र उनका बुवालाई बन्धक बनाएका थिए । त्यसपछि उनले दाइजोका सबै सामान फिर्ता माग्न थाले ।

वरमाला स्टेजमा दुलहाको गतिविधि देखेर युवतीलाई शंका लाग्यो । उनले सोचिन् कि केटा सुस्त मनिस्थितीको छ । त्यसैले उनले बिहेअघि नै आफ्ना साथीहरूलाई बेहुलाकहाँ पठाएकी थिइन् । केटीहरू बेहुलासँग ठट्टा गर्न थाले । केटीलाई जुन कुराको डर थियो केटा त्यस्तै निस्किए । यसपछि बेहुला जन्ती लिएर फर्किनुपर्यो ।