२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो



फाईल फाटो
अ+ अ-

काठमाडौँ । सोमबार (आज) अपराह्न ३ बजे घोषणा गर्ने भनिएको समाजवादी मोर्चाको समय एक घण्ट पर सरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको हो।

प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको छ

तिमिल्सिनाका अनुसार प्रधानमन्त्री केही बेरअघि पूर्वी पहाडी क्षेत्रको बाढी, पहिराले पुर्‍याएको क्षति र त्यहाँको वस्तुस्थिति बुझन् जानुभएको छ ।

आज अपराह्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गर्दैछन्।

मोर्चाको राजनीतिक–सैद्धान्तिक आधार र १५ बुँदे प्रतिबद्धतापत्र तयार भइसकेको छ।