२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्थापन पक्ष संग अनुमति बिना वार्ता गरेको भन्दै नेपालपक्ष भित्र असन्तुष्टि , केन्द्रीय समितिको बैठक आब्हान



अ+ अ-

काठमाडौ ।  नेकपा एमाले झलनाथ खनाल तथा माधब नेपाल पक्षले बिहिबार केन्द्रीय समितिको बैठक बोलाएको छ । आफू निकट भनिएका नेताहरु नै अनुमति बिना अध्यक्ष केपी ओली पक्ष संग सम्बादमा बसेपछि झस्कनु भएका नेता नेपालले अब अपनाउने रणनीति तथ गर्न केन्द्रीय समितको बैठक बोलाउनु भएको हो ।

 बिहिबार बिहान ११ बजे भर्चुअल रुपमा  बस्ने बैठकले अब कसरी अघि बढ्ने भन्ने ठोसा निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।  बुधबार नै एक आफू निकट जनबर्गीय संगठनका अगुवाहरु संगको छलफलमा नेता नेपाललाई तत्काल नयाँ पार्टी गठन गरेर अघि बढ्न सुुुझाब दिएका थिए ।

नेता नेपालले पनि ओली संग सहमतिको सम्भाबना सकिएको भन्दै छुट्टै अभियान लिएर अघि बढ्ने आश्वासन दिनु भएको थियो । आफू निकट भनिएका नेताहरु संस्थापन पक्षतीर गएको मा असन्तुष्टि जनाउदै नेता नेपालले दोश्रो तहका नेताहरु प्रति पनि आशंका गर्नुभयो । उहाले भन्नुभयो तेश्रो र चौथो तहका क्रियाशिल साथीहरुको साथ छ अरुत के कुरा गर्नु ।