६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावेसँग नेपाल ८ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेले विजयी सुरुवात गरेको छ ।  हरारे स्पोर्टस क्लबको मैदानमा भर्खरै सम्पन्न खेलमा जिम्बावेले नेपाललाई ८ विकेटले पराजित गरेको हो ।

जिम्बावेका लागि कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय इनिङ्स खेले । एर्विन १२१ रन र विलियम्स १०२ रनमा अविजित रहे । एर्विनले १५ चौका र १ छक्का तथा विलियम्सले १३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, जोएलर्ड गुम्बीले २९ बलमा २५ रन जोड्दा वेस्ले माधेवेरेले ३८ बलमा ३२ रन जोडे । नेपालका लागि सोमपाल कामी र गुलशन झाले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो ।

ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए । यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए । दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे ।

बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए । नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग ओडीआई खेल खेलेको हो ।