२६ श्रावण २०८३, मंगलवार
,
Latest
प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन: अध्यक्ष वैद्य यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका ५ निर्णयहरू सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनविरुद्ध १५ कराेडकाे मुद्दा !



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख  बालेन्द्र शाहको निर्णयविरुद्ध निजी क्षेत्रका नौ शैक्षिक संस्थाले एक्यबद्धता जनाएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको शैक्षिक मेला महानगरले गत जेठ ३२ गते बन्द गराएको थियो । हिसानका साथै प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, निजी प्राविधिक शिक्षालय महासंघ, स्वास्थ्य विज्ञान शिक्षालय संघ ९एसिया०लगायतका संस्थाले उक्त विरोधमा एक्यबद्धता जनाएका छन् ।

उनीहरुले मेला बन्द गराउँदै करोडौको क्षति भएको भन्दै उच्च अदालतमा महानगरविरुद्ध १५ करोड रुपैयाँ दाबी गर्दै मुद्दा दर्ता गराएका छन् । हिसानका महासचिव लोकबहादुर भण्डारीले उचित क्षतिपूर्तिको माग सहित मुद्दा दायर गरेको बताए ।

महानगरले एसईईको नतिजा आउनु अघि नै विद्यालयहरुले भर्ना लिएको, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी आकर्षित गर्न खोजेको, विद्यार्थीहरुको नाम र नम्बर संकलन गरेको भन्दै मेला बन्द गराएको थियो । हानगरको उक्त निर्णयविरुद्ध आज हिसानले पत्रकार सम्मेलन गर्दै उक्त निर्णयको विरोध गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं महानगरपालिकालाई जानकारी दिएर सुरू भएको मेला कुनै लिखित जानकारी विनानै कर्मचारी सुरक्षाकर्मिको साथमा आएर जेष्ठ ३२ गते दिउँसो ३ बजेदेखि बन्द गराएकोमा हामी घोर निन्दा एवम् भत्सर्ना गर्दछौ, जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले चार दिनसम्म चल्ने मेला रोक लगाउँदा करौडौंको आर्थिक क्षतिको जिम्मेवारी र जवाफ काठमाडौं महानगरले लिनुपर्ने माग गरेको छ ।