• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

आदिपुरुषः चलचित्रको नकारात्मक समीक्षा हटाउन निर्माताले घुस दिएको खुलासा



एजेन्सी । ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा आलोचित बनेको छ । फिल्म रिलिज भएदेखि नै इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । टपोरी संवाददेखि लिएर सीतालाई भारतकी छोरी भनेर सम्बोधन गर्नेसम्म फिल्म धेरै विवादमा परेको छ ।

अब यसैसँग जोडिएको अर्को विवाद बाहिर आएको छ । केही रिपोर्टका अनुसार फिल्मको टिमले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई फिल्मको नकारात्मक समीक्षा मेटाउने बदलामा घूस दिएको बताइएको छ ।

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले त्यस्ता स्क्रिनसटहरू सेयर गरेका छन् जसमा फिल्मका निर्माताहरूले उनीहरूलाई सामाजिक सञ्जालबाट फिल्मको नकारात्मक समीक्षा हटाउन आग्रह गरिरहेका छन् । त्यसको बदलामा निर्माताले घूस पनि दिने गरेको दाबी गरिएको छ ।

स्क्रिनसट सेयर गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, – केही एजेन्सीहरूले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् र मेरो ट्वीटहरू मेटाउन आग्रह गरिरहेका छन् । बदलामा मलाई पैसा पनि दिने बताइएको छ । माफ गर्नुहोस्, तपाईं मानिसहरू गलत व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ ।’

अर्कोतर्फ, यी सबै विवादका बीच फिल्मले पहिलो दिन विश्वभर १४० करोडको कलेक्सन गरेको छ । ओम राउत निर्देशित यस फिल्ममा प्रभास, सैफ अली खान र कृति सेनन महत्वपूर्ण भूमिकामा छन् ।