२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि शुरु भएको छ: मन्त्री ज्वाला



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शनिवार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताउनुभएको हो ।

उहाँले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताउनु भयो। उहाँले बाढी पहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षती समेत भएको बताउनु भयो । उहाँले क्षती भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेको बताउनु भयो।

उहाँले १० दिनभित्रमा बेलीब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताउनु भयो। उहाँले बाढीको कारण क्षती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताउनु भयो। उहाँले सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताउनु भयो।

उहाँले भन्नुभयो,‘ शनिवार राती हेवाखोलामा आएको बाढीबाट भएको क्षतीको अनुमान करिव गर्दा भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिव ५० करोड क्षती भएको छ । हाल क्षती भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलीब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेका छौं । आजै हामीले सम्बन्धित कार्यालयमा सम्पर्क गरेर बेलिब्रिज उपलब्ध गराउने र १० दिनभित्रमा त्यो ठाउँमा बेलीब्रिज जडान गर्ने गरी कामलाई अघि बढाएका छौं । बाढीको कारण क्षेती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएका छौं ।

उहाँहरु योजना वद्धरुप अवरुद्ध सडक खुलाउन कामको थलानी गरिसक्नु भएको छ । सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलीब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको छ । बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुला गछौं । वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएका छौं ।’

उहाँले बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको बताउनु भयो । उहाँले वर्षायाम शुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएको जानकारी दिनुभयो । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।