२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

दुई मन्त्रालयसहित सरकारमा जाँदै कांग्रेस, मन्त्रीले भोलि शपथ लिने

दुई मन्त्रालयसहित सरकारमा जाँदै कांग्रेस, मन्त्रीले भोलि शपथ लिने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा जाने भएको छ । कर्णली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस दुई मन्त्रालयसहित सरकारमा जान लागेको हो । 

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले महामारीका बेला सरकारका कामलाई प्रभावकारी बनाउन सरकारमा सहभागी हुने बताए । 

‘आर्थिक वर्ष २०७८/७९ को बजेट पनि आउन लागेको छ । सरकारलाई सकारात्मक ढंगले अगाडि बढाउन हामी सरकारमा सहभागी हुनेछौँ,’ उनले भने, ‘महामारीका बेला सरकारका काम प्रभावकारी बनाउन सरकारमा सहभागी हुन लागेका हौं ।’

कांग्रेसले जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसीलाई पठाउने भएको छ ।  

मुख्यमन्त्री शाही निकट स्रोतले दिएको जानकारी अनुसार कांग्रेस २ जना मन्त्री सरकारमा सहभागी हुने र भोलि (शुक्रबार) थपिएका मन्त्रीको शपथ ग्रहण गराइनेछ ।