२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च न्यायालयमा अपील



अ+ अ-

एजेन्सी । प्रभास स्टारर आदिपुरुष जुन १६ मा रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मको रिलिज रोक्नको लागि दिल्ली हाईकोर्टमा निवेदन परेको छ ।

यो याचिका हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताको तर्फबाट दायर गरिएको हो । निवेदनमा फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरिएको छ ।

विष्णु गुप्ताले निवेदनमा भनेका छन् – फिल्ममा हाम्रा आराध्य देवताहरूलाई गलत रूपमा चित्रण गरिएको छ, जुन आपत्तिजनक छ । त्यसैले यस्तो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्छ ।

चलचित्र आदिपुरुषमा भगवान राम, सीता र हनुमानलाई जसरी चित्रण गरिएको छ त्यो महर्षि वाल्मीकिको रामायण र तुलसीदासको रामचरितमानससँग विपरित रहेकोले फिल्म रोक्न माग गरिएको निवेदनमा उल्लेख छ ।

जुन विवाद फिल्म रिलिजअघि भएको थियो, अहिले फिल्म रिलिजपछि पनि त्यही विवाद भइरहेको छ । फिल्मलाई लिएर सामाजिक सञ्जालमा बहिष्कारको ट्रेन्ड देखिएको छ ।

ओम राउत निर्देशित चलचित्र ‘आदिपुरुष’मा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंहको अभिनय रहेको छ ।