२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन



अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिव, गृहमै अतिरिक्त समूहमा रहनुभएकालाई पदस्थापन तथा सरुवा गरिएको हो । त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृहमा अतिरिक्त रहनुभएका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको प्रजिअ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहनुभएका शन्तबहादुर सुनुवारलाई रोल्पाको प्रजिअ बनाइएको छ ।

त्यस्तै कञ्चनपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई डोटीको प्रजिअमा सरुवा गरिएको छ । उता मकवानपुरका प्रजिअ राजेन्द्र पाण्डेलाई सिरहाको प्रजिअमा सरुवा गरिएको छ । सिरहाका प्रजिअ भोजराज खतिवडालाई खोटाङ पठाइएको छ ।

त्यस्तै डोटीकी प्रजिअ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रजिअ बनाइएको छ । त्यस्तै खोटाङका प्रजिअ सूर्य सेढाईंलाई मकवानपुरको प्रजिअ बनाइएको छ । त्यस्तै रोल्पाका प्रजिअ परमानन्द घिमिरेलाई काभ्रेको प्रजिअ बनाइएको छ ।

कारागार कार्यालय मोरङमा गृह मन्त्रालयका कृष्णबहादुर खड्कालाई सरुवा गरिएको छ भने रामेछापका सहायक प्रजिअ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरिएको छ । त्यस्तै जाजरकोटका सहायक प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई कास्कीको सहायक प्रजिअ बनाइएको छ । त्यस्तै काभ्रेको सहायक प्रजिअ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै काठमाडौँका विभिन्न कार्यालय त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग तथा कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौँबाहिर सरुवा गरिएको छ । उहाँहरुको अवधि पुगेको र सुगममा बसेकालाई काठमाडौँ बाहिर पठाइएको मन्त्रालयले जनाएको छ ।