९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

हुँदै नभएको स्थानको नाममा पनि सरकारबाट बजेट विनियोजन भयो – सांसद गौतम

हुँदै नभएको स्थानको नाममा पनि सरकारबाट बजेट विनियोजन भयो – सांसद गौतम
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको हो । शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताउनु भयो । उहाँले बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘नेपालमा आवश्यक्ताको आधारमा भन्दा बढि विना अध्ययन, विना सर्भे, पहुँचका आधारमा बजेट विनियोजन भएको महशुस भएको छ । यतिसम्म लापरबाही कि हुँदै नभएको स्थानको सृजना गरेर समेत बजेट विनियोजन भएको जस्तो मैले महशुस गरेको छु । यहाँ यो रातो कितावमा एउटा ठाउँमा लेखिएको छ । काठमाडौं ३५ खहरे, मूलपानी… अन्यअन्य । तत्कालिन समयमा काठमाडौं ३५ थियो होला । संविधान जारी भएर दुइटा आवधिक निर्वाचन भईसक्यो । अझै पनि काठमाडौं ३५ ? कहाँबाट सृजना भयो ? यो हुँदै नभएको स्थान सृजना गरेर बजेट विनियोजन गरेको जस्तो । यो कुरा चाँही मलाई चित्त बुझेन । हुन सक्छ मैले कताकता न्यूजमा पनि सुनेको थिए–सरकारको तर्फबाट यो प्रिन्ट मिस्टेक भन्ने कुराहरु आएको छ । आज बजेटको सवालमा प्रिन्ट मिस्टेक भन्नु होला । भोली कानून पनि प्रिन्ट मिस्टेक भएर आउला । डर छ–भोली अदालतको फैसला प्रिन्ट मिस्टेक भएर आउँला । यसरी प्रिन्ट मिस्टेक भन्ने जस्तो गैरजिम्मेवार शब्द सरकारले प्रयोग गर्न मिल्दैन जस्तो भन्न मिल्दैन जस्तो लाग्छ, सम्माननीय सभामुख महोदय । त्यसैले यस्ता कुराहरुमा पनि सरकारलाई जिम्मेवार रहनका निम्ति म आग्रह गर्न चाहन्छु ।

अव जथाभावी डाँडा ताछेर बाटो बनाउने चलनको बारेमा त हामीले अघिदेखि व्यापक चर्चा गरिरहेका छौं । जथाभावी यो डाँडा ताछ्ने प्रवृत्तिले गर्दा नेपालको प्राकृतिक सुन्दरता यति कुरुप हुँदै गईरहेको छ कि त्यो तपाई हामीले सबैले देख्न सक्छौं । जता हे¥यो । हामीले प्लेनबाट हेर्दाखेरी पनि जथाभावी डाँडा ताछेको, भूक्षय भएको देख्दाखेरी कति मन दुखेर आउँछ ? त्यो तपाई हामी सबैले महशुस गरेको कुरा हो । अव यहाँ प्राकृतिक सुन्दरताको कुरा मात्रै होइन । जथाभावी बाटो खन्नाले गर्दाखेरी, नेपालको यो अव्यवस्थित सडक निर्माणले गर्दाखेरी नेपाली जनतालाई विरामी पनि बनाएको छ । विरामी कसरी बनायो भन्नुहुन्छ भने पानी प¥यो, सडक हिलो हुन्छ । हिजो भएपछि चिप्लेर लडिन्छ । घाईते भईन्छ । घाम लाग्यो, धुलो हुन्छ । त्यो धुलोले यति धेरै नेपाली नागरिकहरुको स्वास्थ्यमा प्रभाव पारिरहेको छ । त्यो नेपालको विभिन्न स्वास्थ्य तथ्यांकहरुले पनि देखाएको छ । के सरकारलाई अवगत छ ?

नेपालमा मृत्यु हुने कारणहरु मध्ये स्वासप्रश्वास सम्बन्धि रोग चाँही प्रमुख कारणमा आउँछ भनेर । यो सरकारले कस्तो नीति लिएको हो ? नागरिकहरुलाई सधैं विरामी पार्ने । ती विरामी भएका नागरिकहरुका लागि सरकारले के नीति लिएको छ ? सडकको व्यवस्थित निर्माण गर्न नसक्नाले फोक्सोको विरामी, दमको विरामीलाई कति अप्ठ्यारो परेको छ । उनीहरुको जिम्मेवारी कसले लिने ? यसको जवाफ पनि सम्बन्धित मन्त्रीबाट म चाहन्छु । ’

सांसद गौतमले सडक निर्माणकै कारण नेपाली जनतामा ठूलो स्वास्थ्य समस्या आएको उल्लेख गर्दै त्यसको निराकरणका लागि के नीति लिएको छ ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।