• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

बसन्त चौधरीको प्रोस्टेट पुनः शल्यक्रिया, किन बल्झिरहन्छ यस्तो समस्या ?



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ ।

नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको यूरोलोजी टिमले चौधरीको प्रोस्टेटको सफल शल्यक्रिया गरेको हो । सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया टिम, नर्सिङ स्टाफ लगायतको सहयोग रहेको थियो ।

शल्यक्रियापछि ६४ वर्षीय चौधरी नर्भिक अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई वर्षअघि पनि चौधरीको प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो । सो समस्या पुनः बल्झिएको हो ।

प्रोस्टेटको ट्रान्सयुरेथ्रल रिसेक्शन (त्ग्च्ए) एक सर्जिकल प्रक्रिया हो, जसमा प्रोस्टेटको एक भाग काटिन्छ। प्रोस्टेट ग्रन्थी पुरुषको पिसाब थैली मुनि अवस्थित हुन्छ ।

प्रोस्टेट ग्रन्थी बढेपछि पिसाबको बाटो अवरोध हुन्छ । र, उपचारको रुपमा प्रोस्टेटको शल्यक्रिया गर्ने गरिन्छ । एकपटक प्रोस्टेटको उपचार गरिसकेपछि कतिपयको नली खुम्चिने, कतिपयको पूरा नकाटिएको वा पुनः बढ्ने अवस्था पनि बन्छ । यहीकारण कतिपयको एकपटक प्रोस्टेटको शल्यक्रिया गरेपछि पुनः समस्या बल्झिनसक्छ ।

चिकित्सकहरुकाअनुसार ४५ वर्ष उमेर पूरा भएका पुरुषले प्रोस्टेट ग्रन्थीको समय–समयमा परीक्षण गरिरहनुपर्छ ।