• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड

‘आदिपुरुष’ चलिरहँदा एक्कासी बाँदर आएर बस्यो, सिनेमा हलमा लाग्यो ‘जय श्री राम’को नारा



एजेन्सी । प्रभास र कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ आजदेखि हलमा लागेको छ । हलमा रिलिज हुनेबित्तिकै ठूलो भीड जम्मा भएको थियो । यसैबीच ‘आदिपुरुष’ फिल्म हेर्न दर्शक पुगेका थिएटरको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यही क्रममा जनताको बीचमा एउटा बाँदर पनि थिएटरमा प्रवेश गरेको थियो, जसको भिडियोले अहिले इन्टरनेटमा सबैको मन जितिरहेको छ । भिडियोमा बाँदरले चलचित्र ‘आदिपुरुष’ निकै ध्यानपूर्वक हेरेको देख्न सकिन्छ । पूरै हल ‘जय श्री राम’को नाराले गुञ्जिएको थियो ।

भिडियोमा एक्कासि एउटा बाँदर आएर सर्वसाधारणको बीचमा सिनेमा हलमा बसेर ‘आदिपुरुष’ फिल्म हेर्न थालेको देख्न सकिन्छ । २३ सेकेन्डको यो भिडियोमा भित्तामा झ्यालजस्तो ठाउँमा बसेको बाँदरलाई टर्च बालिन्छ, जो निकै रमाइलोका साथ चलचित्र हेरिरहेको देखिन्छ ।

यसै क्रममा मानिसको नजर बाँदरमा परेपछि सबैले ‘जय श्री राम’को नारा लगाउन थाले । भिडियोमा पूरै हल ‘जय श्री राम’को नाराले गुञ्जिएको थियो । भिडियो शेयर गर्दै क्याप्सनमा लेखिएको छ, ‘हनुमान जी आदिपुरुषलाई हेर्दै हुनुहुन्छ ।’ भाइरल भिडियोमा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

ओम राउत निर्देशित चलचित्र ‘आदिपुरुष’ यतिबेला दर्शकको पहिलो रोजाई बनेको छ । फिल्ममा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंहको अभिनय रहेको छ ।