२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिल गेट्स र सी जिनपिङबीच शुक्रबार भेटवार्ता



अ+ अ-

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुहुनेभएको छ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेताहरूमध्ये एक हुनुहुन्छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति र सबैभन्दा प्रतिष्ठित परोपकारी व्यक्तिहरूमध्ये एक, यो चार वर्षमा उहाँको पहिलो भ्रमण हो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो भ्रमणले चिनियाँ राष्ट्रप्रमुख र एक विदेशी व्यापारिक नेताबीच दुर्लभ भेटघाट हुनेछ ।

“जुन १६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गेट्स फाउन्डेसनका प्रमुख बिल गेट्ससँग बेइजिङमा भेटवार्ता गर्नुहुनेछ,” चिनिया सरकारी प्रसारक सिसिटिभीले चिनियाँ स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार चीन भ्रमण गर्नुअघि यो बैठक हुन लागेको हो । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले मलेरिया र क्षयरोगविरुद्ध लड्न चिनियाँ प्रयासलाई सहयोग गर्न पाँच करोड अमेरिकी डलर दिने बिहीबार घोषणा गरेको थियो ।

फाउन्डेसनले गेट्स, बेइजिङ नगरपालिका सरकार र सिङ्घुआ विश्वविद्यालयद्वारा स्थापित बेइजिङस्थित समूह ग्लोबल हेल्थ ड्रग डिस्कभरी इन्स्टिच्युट ९जीएचडीडीआई० सँग सहकार्य नवीकरण गर्ने घोषणा गरेको छ ।

गेट्स फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो पाँच करोड अमेरिकी डलरले क्षयरोग र मलेरियाजस्ता सङ्क्रामक रोगहरूको लागि जीवनरक्षक उपचारको माध्यमबाट विश्वव्यापी स्वास्थ्य परिणामसुधार गर्ने प्रयासलाई समर्थन गर्नेछ ।

गेट्स फाउन्डेसनका अनुसार बिहीबार गेट्सले जीएचडीडीआईमा सम्बोधन गर्दै मलेरिया उन्मूलन र गरिबी न्यूनीकरणमा चीनको प्रयासको प्रशंसा गर्नुभएको थियो ।

गेट्सले भन्नुभयो, “चीनले गरिबी घटाउन र स्वास्थ्य परिणाममा सुधार ल्याउन महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।” चीनले विशेष गरी अफ्रिकी देशहरूले सामना गरिरहेका वर्तमान चुनौतीहरू सामना गर्न अझ ठूलो भूमिका खेल्नेछ ।

गेट्सले पछिल्लो पटक सन् २०१९ मा चीन भ्रमण गर्नुभएको थियो, उक्त अवसरमा उहाँले प्रथम महिला पेङ लियुआनसँग एचआइभी÷एड्स रोकथाममा आफ्नो फाउन्डेसनको कामबारे छलफल गर्नुभएको थियो ।

गत वर्ष चीनको भ्रमणका क्रममा उहाँले बेइजिङमा भएको एक मञ्चमा विकासशील मुलुकमा शौचालयको अभावप्रति ध्यानाकर्षण गराउनुभएको थियो । यस वर्ष अमेरिकी व्यापारिक नेताहरूले चीनको भ्रमण गरेका छन् र दुई आर्थिक शक्तिबीचको विशाल बजार र व्यापारिक सम्बन्धको बारेमा आशावादी कुरा गरेका छन् ।

जेपी मोर्गन चेजका प्रमुख कार्यकारी अधिकृत जेमी डिमोनले हालैका हप्ताहरूमा चीनको भ्रमण गर्नुभएको थियो भने टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पनि तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक चीन भ्रमण गर्नुभएको थियो ।

चीनमा व्यापक व्यापारिक चासो राख्ने मस्कले बेइजिङमा वरिष्ठ अधिकारीहरूसँग भेट गर्नुभएको थियो र साङ्घाईको बाहिरी इलाकामा टेस्लाको ‘गिगा फ्याक्ट्री’ मा कर्मचारीहरूसँग पनि छलफल गर्नुभएको थियो ।

गत मार्चमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले बेइजिङको भ्रमण गर्दै आफ्नो कम्पनीको चीनसँग ‘सहजीवी’ सम्बन्ध रहेको बताउनुभएको थियो ।




भर्खरै