• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश ★   पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द ★   सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ: प्रेम सुवाल ★   सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन ★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ ★   शीतगृहले धरानका किसानलाई राहत

अन्ततः ‘आदिपुरुष’का निर्माताले हटाए सीता भारतमा जन्मेको प्रसंग



काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाइएको छ । चलचित्रमा राखिएको सीता भारतमा जन्मेको प्रसङ्ग निर्माताले हटाएका हुन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ ईन्डियाका अनुसार सीता रामायण अनुसार नेपालमा जन्मेको भएको र मेयर बालेनको चेतावनी आएपछि हटेको उल्लेख गरिएको छ । यद्यपि, समाचारमा नेपालमा प्रदर्शन हुने वा विश्वभर हुने कुनमा हटाइएको भन्नेबारे प्रष्ट खुलाइएको छैन ।

उक्त संवादलाई लिएर नेपालमा चौतर्फी आलोचना भएको थियो । साथै, केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गर्दै संवाद आवाजरहित (बीप) बनाइएपछि प्रदर्शनको अनुमति दिइएको थियो ।