• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवाल जवाफ हुँदै



काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सवाल जवाफ हुँदैछ । त्यसका लागि आज पनि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित कार्कीलाई आज पनि बोलाइएको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् । सुनुवाइबाट अनुमोदन भए उहाँ प्रधानन्यायाधीश पदमा नियुक्त हुनुहुनेछ । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश हुनुहुनन्छ ।

बिहीबारको बैठकमा उहाँले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गर्नुभएको थियो ।