६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिया टोलीसँग खेल्न पाउनु मौका हो: प्रशिक्षक भट्ट



अ+ अ-

काठमाडौँ । किर्गिस्तानको विस्केकमा अयाोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि बिहीवार नेपाली राष्ट्रिय पुरष भलिबल टोलीलाई बिदाई गरिएको छ ।

राजधानीमा बिहीवार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरेर किर्गिस्तानमा आयोजना हुने लिगका लागि नेपाली खेलाडीलाई बिदाई गरेको हो ।

नेपाल भलिबल संघले शुक्रवार प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई हटाउँदै अन्तिम १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । टोलीलाई प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवसँगै लोेकेश बुढा रहेको प्रशिक्षण टोलीले १२ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीलाई प्रशिक्षण गराईरहेका प्रशिक्षक जगदिशप्रसाद भट्टले काभाको प्रतियोगितामा सहभागि हुन नै नेपालका लागि मौका भएको बताउनु भयो । लिग प्रणालीमा आयोजना हुने प्रतियोगितामा बलिया टोलीसँग नेपाली टोलीले खेल्न पाउनु नै अनुभव बटुल्ने अवसर भएको भन्दै प्रशिक्षक भट्टले चीनमा आयोजना हुने एसियन गेम्सको लागि राम्रो तयारी हुने बताउनु भयो ।

किर्गिस्तान भ्रमण भनेको जित्नका लागि भन्दा बलिया टोलीसँग अनुभव बटुल्नका लागि जान लागेको प्रशिक्षक भट्टले बताउनु भयो । उनले किर्गिस्तानमा हुने प्रतियोगितबाट प्रतिष्पर्धात्मक खेल्ने र बलियो टोलिसँग खेलेर सिक्दै टोलीको प्रदर्शन गरेर विगतको भन्दा वरियता सुधार गर्ने बताउनु भयो ।

संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा वैशाख तेस्रो साता तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको थियो । छनोट लगत्तै टोलीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । नेपाली पुरुष भलिबल टोलीले यसवर्ष १९औं एशियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने तालिका रहेको छ ।

बिदाई पछि बोल्दै नेपाली टोलीका नयाँ कप्तान हरि हजुर थापाले सहभागिता हुन लागेको प्रतियोगिता विगतको भन्दा फरक प्रतियोगिता भएको भन्दै आउने टोली मजबुत टोली भएकाले उनीहरुसँगको खेलबाट राम्रो अनुभव हुने बताउनु भयो । बलिया टोलीसँग भिँड्नु नेपालका लागि चुनौतिपूर्ण हुने बताउँदै कप्तान हरिहजुरले राम्रो खेल प्रदर्शन गर्ने बताउनु भयो । टोलीमा समावेश भएका चार नयाँ खेलाडी र पुराना अनुभवि खेलाडीको सम्मिश्रण भएको भन्दै राम्रो हुने बताउनु भयो । नयाँ जिम्मेवारीले आपूmलाई थप हौसला मिलेको बताउँदै हरि हजुरले राष्ट्रका लागि राम्रो गर्ने प्रयास गर्ने बताउनु भयो ।

एशियन गेम्स चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ र काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ । प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता रहने भएको छ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान रहेका छन् ।

 




भर्खरै