९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौं । श्रीमान्को कुटपिटबाट काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी विकको मृत्यु भएको छ ।

घरायसी झगडाका कारण यही जेठ २९ गते श्रीमान् शम्भु विकको कुटपिटबाट वडा सदस्य ज्ञानी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा उनको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट उनको टाउकोमा रगत जमेको थियो । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

प्रहरीले ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान् शम्भुलाई पक्राउ गरिसकेको छ ।

ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।