२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने



अ+ अ-

काठमाडौँ । साउदी अरवको पवित्र सहर मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ ।

बुधबार (आज) मुस्लिम आयोगले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनु भयो । परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ ।

आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो परराष्ट्र मन्त्रालयबाट आएको पत्र अनुसार साउदी अरवको पवित्र सहर मक्कामा २५ अगष्टदेखि ६ सेप्टेम्बरसम्म अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा नेपालको तर्फबाट पनि एक जना सहभागी गराउनुपर्ने भनेर साउदी एम्बेसीबाट परराष्ट्र मन्त्रालयमा आयो । सो जानकारी हामीलाई गराएको छ ।

‘त्यही बमोजिम हामीले चाँही एक हप्ता अघि नै सूचना निकालेर यसमा सहभागी हुने इच्छुक चाँही स्टुडेन्टलाई आ–आफ्नो मदरसाबाट छनौट गरेर चाँही आज आयोगमा २०८० साल ज्येष्ठ ३१ गते छनौटका लागि हामीले आह्वान गरेका थियौं । त्यही हिसावले टोटल १२ जना विद्यार्थीहरु यसमा सहभागी हुनु भएको छ । जुन चाँही ५ वटा क्याटोगरी यसमा दिएको छ साउदी सरकारको तर्फबाट । त्यसमा हामीले तेस्रो क्याटोगरीलाई चुज गर्‍यौं । र, त्यो क्याटोगरीमा चाँही आज कम्पिटीशन हुन्छ । र, यो १२ जना मध्ये चाँही कम्पिटीशनमा एक जनालाई हामी छनौट गर्छौ । र, त्यो एक जना चाँही साउदी सरकारकै खर्चमा साउदीमा अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा उहाँहरु जानुहुन्छ । र, यसको जुन क्याटोगरी छ । त्यसमा फष्ट हुनेलाई २ लाख रियाल पुरुस्कार पनि छ । र, यसमा विश्वभरीबाट नै सहभागी हुने हो यो कम्पिटीशनमा ।’

सो अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौं ८ गतेदेखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट एक/एक जना प्रतियोगी सहभागी हुनेछन । त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ ।