• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

प्रतितोला नौ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला नौ सय रुपैयाँले घटेर एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।