२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीविरूद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा



अ+ अ-

काठमाडौँ: सर्वोच्च अदालतमा गण्डकी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको कारबाहीविरूद्ध प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले रिट निवेदन दायर गर्नुभएको छ ।

गण्डकी प्रदेशका मन्त्रीसमेत रहनुभएका देवकोटाले आज दायर गरेको रिट निवेदनमा आफूमाथि भएको कारबाही गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश माग गरिएको छ ।

रिट निवेदनमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा गत जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु आदेशको  माग गर्दै  प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेशको माग गरिएको छ ।

देवकोटा विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट उनी निर्वाचित हुनुभएको थियोे । माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो । रासस