• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

नक्कली शरणार्थी प्रकरण : लम्बियो बहस



file photo

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो । प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ । यसअघि इजलासले गरेको समय व्यवस्थापनअनुसार बुधबार बहस सकेर थुनछेकको आदेशको तयारी थियो ।

मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस भएको छ । खाणका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी तथा अधिवक्ता पंकज कर्णले बहस गर्नुभएको छ । बहसको सुरुआत गर्दै कर्णले खाणविरुद्ध कुनै किटानी जाहेरीसमेत नभएको अवस्थामा सहअभियुक्तको पोलका आधारमा प्रतिशोधपूर्ण मुद्दा चलाइएको जिकिर गर्नुभयो ।

कर्णले अपुष्ट र अप्रमाणित पत्र सहयोगीसँग फेला पार्नुले मात्र अभियोग पुष्टि नहुने तर्क पनि गर्नुभयो । शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले घटना मिलाउन पत्र लेखेको दाबी प्रहरीले गरेको छ ।

सहअभियुक्तले पोलेकै आधारमा अभियोग पुष्टि हुन नसक्ने कर्णको जिकिर छ । खाणबाट प्रमाण नष्ट गर्ने कुनै अवस्था नहरेको र तत्काल ठोस कुनै प्रमाण्णसमेत नरहेकाले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको उहाँको जिकिर छ ।

यस्तै वरिष्ठ अधिवक्ता केसीले खाणविरुद्ध अभियोगमा कुनै ठोस प्रमाण पेस गनृ नसकेको जिकिर गर्नुभयो । खाणमाथि राज्यले सुनियोजित रुपमा मुद्दा चलाएको केसीको दाबी छ । उहाँले खाणविरुद्ध तत्काल कुनै पनि ठोस प्रमाण नभएकाले सहअभियुक्तको बयानका आधारमा मात्र प्रतिवादी बनाइएकाले साधारण तारेखमा रिहा हुनुपर्ने माग केसीले इजलासमा गर्नुभयो ।

शरणार्थी प्रकरणमा अदालतमा जेठ १० गते मुद्दा दायर भएको थियो । जेठ १२ गतेदेखि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको थियो । बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो । सरकारी वकिलले अभियोगमा प्रतिवादीबाट २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ असुलउपर गरी जाहेरवालालाई भराउन गरिएको छ । कसुरदारबाट अपराध पीडित संरक्षण ऐन अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ ।

दुई पूर्वगृहमन्त्री, एक बहालवाला सचिवसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो । पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित ३० जनालाई मुद्दा लगाइएको हो । तीन जना प्रतिवादीमध्ये १४ जनालाई फरार अभियुक्तका रुपमा मुद्दा दायर गरेकोमा मुद्दा दर्तापछि दुई जना पक्राउ परिसकेका छन् ।