६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु हुँदैन: मन्त्री साउद



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताउनुभएको छ ।

मंगलवार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चित्रहरु विलासिताका वस्तु नभइ सिर्जनाका कुरा र युगका प्रतिविम्व भएको बताउनु भयो । उहँले युगलाई भावि पसस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताउनु भयो । उहाँले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले कलाकारहरुलाई सम्मान अन्तरहृदयबाट दिन्छ । त्यसलार्य अभिव्यक्त गर्दा कहिलेकाहीँ ढंग नपुगेको जस्तो देखिन्छ । मानिसले चित्रहरु विलासिताका वस्तुहरु हुन् भन्छ, तर चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन् । चित्र युगका प्रतिविम्व हुन् । हाम्रो युगलाई यिनै चित्रमा हेरेर भावि पिढीले हाम्रो मूल्यांकन गर्नेछ ।’

परराष्ट्रमन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताउनु भयो ।