२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु हुँदैन: मन्त्री साउद



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताउनुभएको छ ।

मंगलवार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चित्रहरु विलासिताका वस्तु नभइ सिर्जनाका कुरा र युगका प्रतिविम्व भएको बताउनु भयो । उहँले युगलाई भावि पसस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताउनु भयो । उहाँले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले कलाकारहरुलाई सम्मान अन्तरहृदयबाट दिन्छ । त्यसलार्य अभिव्यक्त गर्दा कहिलेकाहीँ ढंग नपुगेको जस्तो देखिन्छ । मानिसले चित्रहरु विलासिताका वस्तुहरु हुन् भन्छ, तर चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन् । चित्र युगका प्रतिविम्व हुन् । हाम्रो युगलाई यिनै चित्रमा हेरेर भावि पिढीले हाम्रो मूल्यांकन गर्नेछ ।’

परराष्ट्रमन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताउनु भयो ।