९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

पशुपतिनाथमा चढाइएको जलहरीमा दश केजी सुन नै भएको पशुपति क्षेत्र विकास कोषको दावी

पशुपतिनाथमा चढाइएको जलहरीमा दश केजी सुन नै भएको पशुपति क्षेत्र विकास कोषको दावी
अ अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनु भएको हो ।

उहाँले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनु भयो । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरी आँशु झार्नु भयो । आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उहाँले राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत गर्नु भयो ।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनु भयो । उहाँले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राख्नु भयो । सदस्य सचिव थापाले भन्नु भयो, ‘राज्यको पनि कहिलकाँही मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुुँदो रहेनछ कि जस्तो लाग्छ । मैले यो क्षमासाथ भने । मलाई दु:ख लाग्छ । जहाँसम्म यो सुनको जलहरीको कुरा हो । म एउटा आध्यात्मा सेक्टरमा लागेको व्यक्ति । भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरी सदस्य सचिव बन्ने मौका पाए ।

मेरो प्रोफेशनल स्किल आफ्नै छ । र, मलाई धेरै जनाले सायद चिन्नुपनि हुन्छ होला । मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन । खादिन । मेरो दुई वटा सन्तान छन् । म चिसो पानी हाल्न चाहन्छु, चिसो पनि हाल्न चाहन्न । र, धनी र गरिव मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति । मैले यति बुझेको छु । यो भन्दा धेरै बुझेको छैन । चाहे महलमा बसेपनि, छाप्रोमा बसेपनि काल त एउटै हो नि । कोही छिटो मर्छन, कोही अलि ढिलो मर्छन । त्यसले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्माहत्या गर्नुपर्ने हो ? माननीयज्यूहरु । म यो सुनको जलहरी समितिको संयोजक हो ।

यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौंता अनुसार हामीले सुन लिएर आएका छौं–१०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो । राज्यका प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ? त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो । उहाँहरुको निर्देशनमा हामीलाई शिवरात्री भरीमा त्यो सकाउनु भनिएको थियो । हामीले सकायौं । गल्ती के गर्‍यौं ? एउटा कुरा । अर्को कुरा, नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने त ? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्यूटीमा रहेको भिजियोल अहिले यदाकथा अनलाईनमा आईरहेको छ । सेनालाई विश्वास गर्ने कि नगर्ने ? यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिए यो विषयमा । हो, यो गलत भएको हो–त्यहाँ लेख्ने कुरामा त्रुटिपूर्ण भएको हो । म आयोगमा बयान दिन जाँदाखेरी पनि सबै जनाले बयानमा जोख्नुस, जोख्नुस भन्दाखेरी सबैको एकमत छ जोख्नुपर्छ भनेर ।

यति त्रुटिपूर्ण भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दैगर्दा हाम्रो प्रदेश सांसद नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनु भयो । ९६ किलो ८२२ ग्राम सुन तयार भईसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी होल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । आज मेरो गाउँभरी बेइज्जत भयो । मेरो दुई जना सन्तान छन । गहँभरी आँशु पार्दै अन्यथा नलिनु होला । म कमजोर होइन । तर राज्यले कमजोरी बनायो नि त । आयोगले छानविन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाउन । यो च्यालेन्ज हो । पुगेन पनि फाँसीदेऊ भनेको । तर हाम्रा पत्रकार साथीहरुले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ । मेरा दुईटा बच्चा छन । मेरो बच्चाको भविष्य अन्धकार बनाई दिने ? राज्यको त्यही नीति हो ?’

सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताउनु भयो । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उहाँको दावी थियो । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।