९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

राष्ट्रियसभा अध्यक्ष र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता
अ अ+ अ-

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखिको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एवं विकासको साझेदार र असल छिमेकीका रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो । पछिल्ला दिनमा नेपाल र चीनको विधायिकी सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले चीन नेपालका पर्यटक स्रोत मुलुकमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकामा खुसी व्यक्त गर्नुभयो ।

चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा विश्वस्त रहेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो हवाई उडान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपाल–चीनबीच केरुङ/रसुवागढी, हिल्सा/पुराङ र तातोपानी/झाङमु नाकामार्फत दुईतर्फी व्यापार सञ्चालन भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाका सञ्चालन हुने विश्वास पनि व्यक्त गर्नुभयो । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगका लागि अनुरोध पनि गर्नुभयो ।

भेटमा चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लिजीले भ्रमणका चीनको छेन्दुबाट पोखरा हवाई उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिनुभएको थियो । पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु–पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा रहेको उहाँले जानकारी गराउनुभयो ।

अध्यक्ष तिमिल्सिना नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनुभएको छ । तिब्बत्मा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवल शमशेर जबरा र प्रदीप यादव तथा राष्ट्रियसभाका सदस्य उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरीलगायत सहभागी हुनुहुन्छ । रासस