२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट नेपाल फर्किनेले पाँच दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने



अ+ अ-

काठमाडौं । विदेशबाट नेपाली फर्किनेले अनिवार्य पाँच दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।  खाडी तथा मलेसिया रोजगारीबाट नेपाल आउँदा ७२ घणटाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएपनि अनिवार्य पाँच दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । 

यसअघि, रिपोर्ट नेगेटिभ भएकाहरुलाई घर जान दिने र घर गइसकेपछि होम क्वारेन्टिनमा बस्नुपर्ने भनिएपनि त्यो व्यवस्थालाई परिमार्जन गरी पाँच दिन होेटेल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको हो ।  

यस्तै, नेपाल भित्रिएका यात्रुले १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्दा दुईपटक पीसीआर परीक्षण गराउनुपर्ने पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यात्रुले होटेल क्वारेन्टिनमा बसेको चौथो र १०औँ दिनमा पीसीआर गराउनुपर्ने प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

नेपाल भ्रमणका लागि आउने यात्रुले उडान गर्नुपूर्व ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ आएको रिपोर्टसहित तस्बिर र बारकोड, स्वाब संकलन समयसहितको विवरण पेस गर्नुपर्ने पनि जनाइएको छ । यो व्यवस्था पाँच वर्षमुनिका बालबालिकाको हकमा भने लागु नहुने जनाइएको छ ।