२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधी निवासमा जसपा अध्यक्ष यादव, के-के भयो छलफल



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीबीच छलफल भएको छ। शुक्रबार बिहान अध्यक्ष यादव प्रदेश २ सरकार फेरबदल गर्ने विषयमा बानेश्वरस्थित निधीको निवासमा पुगेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष जाने हल्ला चलिरहेका वेला जसपा अध्यक्ष यादव निधी निवासमा पुगेर  कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन आग्रह गरेका हुन।

कांग्रेस उपभापति निधिले प्रदेश २ मा मुख्यमन्त्री दिन प्रस्ताव गरेका छन् । प्रदेश २ मा लालबाबु राउतको नेतृत्वमा जसपाको सरकार छ। 

केन्द्रमा जसपा एउटै भए पनि प्रदेश २ को संसद्मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बेग्लाबेग्लै छन्। समाजवादी पार्टीका राउतलाई राष्ट्रिय जनता पार्टीले समर्थन जनाइरहेको छ। 

अहिले जसपामा देखिएको विवादका कारण प्रदेश २ सरकार संकटमा पर्न लागेको छ। राजपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री राउत अल्मतमा पर्छन्। 

त्यसैले जसपा अध्यक्ष यादवले सरकारमा सहभागी हुनका लागि कांग्रेस उपसभापति निधीलाई प्रस्ताव गरेका हुन्। 

प्रदेश २ को प्रदेश सभामा १०७ सदस्य छन्। जसमा समाजवादीका ३०, राजपाका २५, नेकपा (एमाले)का २१, नेपाली कांग्रेसका १९, नेकपा ९माओवादी केन्द्र०का ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सदस्य छन्।