४ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने



अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ ।

कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ ।” पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ । रासस