• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रतिनिधिसभाकाे बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिनुहुने



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो१ बजे बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ ।
त्यसैगरी अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० प्रस्तुत गर्नुहुनेछ भने राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै अर्थमन्त्री डा महतले राष्ट्र ऋण उठाने विधेयक २०८० प्रस्तुत गर्नुहुनेछ ।