७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला



अ+ अ-

पोखरिया । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको चार राउण्ड, हर्नेटको १७ राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कूल एक सय पाँच राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।