१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला



अ+ अ-

पोखरिया । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको चार राउण्ड, हर्नेटको १७ राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कूल एक सय पाँच राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।