३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरेको ह्वेलको पेटमा करोडौँ भेट्ने भाग्यमानी माझीहरु



अ+ अ-

एजेन्सी । एउटा ह्वेलले यमनका केही माझीहरुको जीवन फेरिदिएको छ । माझीहरुको एउटा समूहले एडनको खाडीमा एउटा मृत स्पर्म ह्वेल फेला पार्यो । 

ह्वेलको शरीरमा १५ लाख डलरभन्दा बढी मूल्य पर्ने एम्बर्गिस भनिने बहुमूल्य दुर्लभ पदार्थ भेटियो जुन अत्तर बनाउन प्रयोग हुन्छ । 

लामो गृहयुद्धका कारण यमनमा धेरै मानि प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ ८० प्रतिशत मानिस भोकमरीको जोखिममा छन् । एम्बर्गिस भेटेकाले ती माझीको जीवनमा कायापलट भयो । पहिलेपहिले एम्बिर्गिस औषधि, धुप र योनशक्तिवर्धक ओषधिमा प्रयोग हुन्थ्यो । 

यो स्पर्म ह्वेलको पेटमा पाइने च्यापच्यापे मैनजस्तो पदार्थ हो । अनि हिजोआज यो अत्तरको सुगन्ध जोगाउन प्रयोग हुन्छ । ती माझीहरुले पैसा बाँडेको र अरुलाई सहयोग गरेको बताएका छन् । "हामीले घर किन्यौं, गरिबहरुलाई घर किन्न पैसा दियौं । मानिसहरुले राम्रो घर किने, गाडी र नाउ किने ।" एक माझीले बताए । 

विज्ञहरुका अनुसार १ देखि ५ प्रतिशत स्पर्म ह्वेलमा मात्र एम्बर्गिस हुन्छ । तिनलाई जोखिममा परेको ठानिन्छ । अनि केही देशहरुमा एम्बर्गिको बेचबिखनमा प्रतिबन्ध छ । तर धेरैलाई यो खेर जाने पदार्थ भएकाले प्रयोग गर्नुपर्छ भन्ने लाग्छ । 

ती माझीहरु अझै माछा मार्दै आएका छन् । "यो अविश्वसनीय सपनाजस्तो भयो । मैले समुद्रमा गइराख्नपर्छ केही नभेटिए पनि । यो मेरो रगतमा नै छ ।" एक माझीले भने । बीबीसी