१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

निजामती कर्मचारी सङ्गठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने

निजामती कर्मचारी सङ्गठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने
अ अ+ अ-

नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ ।

सो सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई शिष्टाचारका रुपमा ‘नमस्कार अभियान’ र जनताको तीव्र विकासको चाहनाअनुरुप ‘शीघ्र सेवा–तीव्र विकास’ को नीतिलाई आफूहरु कार्यरत कार्यालयमा कार्यान्वयन गराउने भएको हो । यही जेठ २७ र २८ गते काठमाडौँमा आयोजित सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलाले सो नीतिको कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

भेलाका निष्कर्षहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखनाथ कोइरालाले सरकारले नै क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितताका लागि नीति ल्याउनुपर्ने धारणा राख्दै कुनै कर्मचारीका कारण कुनै सेवाग्राहीलाई क्षति हुन गएमा सम्बन्धित कार्यालय वा कर्मचारीबाट क्षतिपूर्ति भराउने व्यवस्था गर्न माग गर्नुभयो ।

‘समता र सशक्तिकरण : सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ गरिएको सो भेलाले नेपालको संविधान र कानुनले व्यवस्था गरेका महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । देशभरका करिब सात सय महिला प्रतिनिधि सहभागी भेलाले लिङ्गका आधारमा कसैलाई पनि विभेद नगर्न, अध्ययन, भ्रमण र तालिममा महिला कर्मचारीलाई प्राथमिकता दिन र महिला कर्मचारीलाई सम्भव भएसम्म पायक पर्ने स्थानमा सेवा गर्ने अवसर दिन माग गरेको छ ।

यस्तै, कार्यास्थलमा हुने लैङ्गिक विभेदलगायत महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य, सबै सरकारी कार्यालयमा स्तनपान कक्षको व्यवस्था र मासिक स्राव हुँदाका समयमा न्यूनतम तीन दिनको व्यवस्था गर्न पनि माग गरिएको छ ।

हाल मुलुकभर एक लाख २५ हजार निजामती कर्मचारी रहेकामा सो सङ्गठनमा ४० हजार सदस्य रहेकामा १५ हजार महिला सदस्य रहका छन् । भेलाबाट महिलाको पेसागत व्यावसायिकता विकास गर्न सेवामा रहेका महिला कर्मचारीसँग नवप्रवेशी महिला कर्मचारीलाई आबद्ध गराई महिला कर्मचारीको उत्थानका लागि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । भेलामा सङ्गठनको केन्द्रीय महिला विभागका तर्फबाट उपमहासचिव एवम् महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले प्रस्तुत गर्नुभएको प्रतिवेदमाथि समूहगत छलफल गराइएको थियो । सो भेलाको उद्घाटन शनिबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।