काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । शुक्रवार ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
जसपाका एक नेताका अनुसार अहिले अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच छलफल भइरहेको छ । छलफलले सरकारबारे निष्कर्ष निकाल्दै सहमति भए आजै सपथ हुन सक्ने ती नेताको भनाइ छ ।
“हिजो शीर्ष नेताहरुले कुराकानी भयो आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल हुँदैछ । आज वार्ता टुंगिए सपथको सम्भावना छ”, ती नेताले भने ।
उनका अनुसार शीर्ष नेताहरुबीच ८ मन्त्री र २ राज्यमन्त्री लिएर शपथ गर्ने तयारी छ । एमालेका नेता सुवास नेम्वाङले पनि आज छलफल हुने जानकारी दिए ।











