२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी र सत्तागठबन्धनबीच सम्बन्ध छैन: प्रचण्ड (भिडियो सहित)



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान गठबन्धन टुटाउन, सरकार गिराउन अनेक प्रपञ्च भइरहेको आशंका गर्नुभएको छ । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले निर्वाचन प्रक्रिया पनि बिथोल्ने षडयन्त्र भै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो  प्रतिगमनविरोधि हरु फेरी पनि सलवलाएका छन्  ।अध्यक्ष प्रचण्डले भन्नुभयो  ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’ अध्यक्ष प्रचण्डले  एमसीसी र सत्तागठबन्धनबीच सम्बन्ध नभएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो 'गठबन्धन कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग वा लेनदेनका आधारमा गठबन्धन बनेको होईन,जुन सैद्धान्तिक र राजनैतिक मान्यतामा गठबन्धन बनाएको हो त्यही मान्यताबाट अगाडि बढेमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।'

उहाँले भन्नुभयो ‘आज यदि कसैले कुनै एउटा परियोजनासँग गठबन्धनको भविष्य सोच्छ भने ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ । ’