३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआरके भन्छन्ः मलाई अक्षयबाट ज्यानको खतरा छ, जेलमा मार्न चाहन्थे



अ+ अ-

एजेन्सी । आफूलाई फिल्म समालोचक बताउने कमल राशिद खान उर्फ ​​केआरकेले विवादास्पद ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै आफ्नो ज्यान खतरामा रहेको र यो खतरा अक्षय कुमारबाट भएको बताएका छन् । केआरकेले अक्षयले आफूलाई मार्ने ठेक्का दिएको आरोप लगाएका छन् ।

केआरकेका अनुसार उनी जेलमा हुँदा अक्षयले त्यहाँ पनि कसैलाई मार्न सुपारी दिएका थिए । यद्यपि आफू त्यसबाट बाँचेको बताउँछन् । अक्षयका १० फिल्मको नाम सेयर गर्दै केआरकेले यसलाई फ्लप भनेका छन् । केआरकेले अक्षयको आगामी फिल्म ओएमजी २ पनि फ्लप हुने दाबी गरे ।

केआरकेले ट्विट गर्दै लेखेका छन्– “अक्षय कुमार बाहेक बलिउडमा सबैको मसँग राम्रो सम्बन्ध छ । अक्षय मलाई जेल र प्रहरी चौकीमा मार्न चाहन्थे । यदि मलाई केही भयो भने त्यसको जिम्मेवार अक्षय कुमार मात्र हुनेछन् । यदि म मारिए भने सलमान खान, शाहरुख खान र करण जोहरसँग यसको कुनै सरोकार हुँदैन ।”