१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआरके भन्छन्ः मलाई अक्षयबाट ज्यानको खतरा छ, जेलमा मार्न चाहन्थे



अ+ अ-

एजेन्सी । आफूलाई फिल्म समालोचक बताउने कमल राशिद खान उर्फ ​​केआरकेले विवादास्पद ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै आफ्नो ज्यान खतरामा रहेको र यो खतरा अक्षय कुमारबाट भएको बताएका छन् । केआरकेले अक्षयले आफूलाई मार्ने ठेक्का दिएको आरोप लगाएका छन् ।

केआरकेका अनुसार उनी जेलमा हुँदा अक्षयले त्यहाँ पनि कसैलाई मार्न सुपारी दिएका थिए । यद्यपि आफू त्यसबाट बाँचेको बताउँछन् । अक्षयका १० फिल्मको नाम सेयर गर्दै केआरकेले यसलाई फ्लप भनेका छन् । केआरकेले अक्षयको आगामी फिल्म ओएमजी २ पनि फ्लप हुने दाबी गरे ।

केआरकेले ट्विट गर्दै लेखेका छन्– “अक्षय कुमार बाहेक बलिउडमा सबैको मसँग राम्रो सम्बन्ध छ । अक्षय मलाई जेल र प्रहरी चौकीमा मार्न चाहन्थे । यदि मलाई केही भयो भने त्यसको जिम्मेवार अक्षय कुमार मात्र हुनेछन् । यदि म मारिए भने सलमान खान, शाहरुख खान र करण जोहरसँग यसको कुनै सरोकार हुँदैन ।”