२३ असार २०८३, मंगलवार
,
Latest
जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोभिड–१९ बाट एकै दिन ३३ सयको मृत्यु



अ+ अ-

नयाँ दिल्लीः भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा फेरि तीन हजार ३८० जनाको कोभिड संक्रमणबाटै मृत्यु भएको छ ।

यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ४४ हजारको पुगेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर कोरोना संक्रमितको संख्यामा भने सुधार आएको छ । पछिल्लो २४ घण्टामा एक लाख २० हजार व्यक्ति संक्रमित भएको देखिएको छ । जबकी एक लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म कूल दुई करोड ८७ लाख व्यक्ति संक्रमित भएकामा दुई करोड ६७ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि १५ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेको मन्त्रालयको भनाई छ ।

गत जनवरीदेखि खोप दिन थालेको भारतमा हालसम्म २२ करोड ७८ लाख डोज खोप दिइएको छ ।

यसैबीच, भारतीय चिकित्सक संघको उत्तराखण्ड शाखाले पतञ्जलीले निर्माण गरेको कोरोनिललाई राज्यको कोभिड–१९ उपचार किटमा समावेश नगर्न अनुरोध गरेको छ । संघले कोरोनिललाई भारत सरकार र विश्व स्वास्थ्य संगठनले कोभिड उपचारमा प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै उत्तराखण्ड राज्य सरकारसँग यस बारेमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेको छ ।

कोरोनिललाई कोभिड उपचार किटमा समावेश गर्न आग्रह गर्दै उत्तराखण्ड राज्य सरकार समक्ष पतञ्जलीले निवेदन दिएपछि संघले यस्तो प्रतिक्रिया जनाएको हो ।
––