• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

नेपालको राजनीतिक इतिहास माओवादीविना अपूरो हुनेछ: जनार्दन शर्मा



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालको राजनीतिक इतिहास माओवादीविना अपूरो हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि भएको छलफलमा उहाँले संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसद्को तेस्रो शक्ति बने पनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको बताउनुभयो ।

बजेटमाथिको छलफलका क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी ३२ सिट झरेको व्यंग्यको जवाफमा उहाँले माओवादीको शक्तिविना एमाले अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “माओवादीको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौँ र ?”

मंसिरको चुनावमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको उहाँको भनाइ थियो । उपमहासचिव शर्माले भन्नुभयो, “याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ ।”